January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा हुने

काठमाडौं । पहिलो दक्षिण एशियाली महिला भलिबल च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

Advertisement

नेपाल भलिबल संघले सन् २०२२ मा प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिप आयोजना गर्ने भएको हो । तर, च्याम्पियनसिपको कुन महिनामा हुने भन्ने मिति भने तोकिएको छैन । संघका अनुसार च्याम्पियनसिप सन् २०२२ भित्रै हुनेछ ।

सोमबार बंगलादेशको ढाकामा बसेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनको बैठकले २०२२ का लागि प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी विभिन्न देशलाई जिम्मेवारी दिएको हो ।

जसमा नेपालले दक्षिण एसियाली महिला भलिबल, बंगलादेशले दक्षिण एसियाली बीच भलिबल र श्रीलंकाले दक्षिण एसियाली पुरुष भलिबल च्याम्पियनसिपको आयोजना गर्ने जिम्मेवारी पाएको नेपाल भलिबल संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।