January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

एपीएफ र एनआरटीले ३–३ गोलको बराबरी खेले, लिगकै सर्वाधिक ६ गोल

काठमाण्डौ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ र न्युरोड टिम (एनआरटी) ले अङ्क बाँडेका छन् ।

Advertisement

छैठौं चरणअन्तर्गत त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा एफीएफ र एनआरटीले तीन–तीन गोलको बराबरी खेलेका हुन् ।

खेलको ३२ औँ मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई अग्रता दिलाए । तर एनआरटीको यो अग्रता धेरै मिनेट टिकेन । ३७ औँ मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेल बराबरीमा पु¥याए । योसँगै पहिलो खेल एक–एक गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको ४८ औँ मिनेटमा एनआरटीका दर्शन गुरुङले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई अग्रता दिलाए । फेरि खेलको ६० औँ मिनेटमा एनआरटीका विदेशी खेलाडी मिसोकी इटिग्ने ओलुमोउले गोल गर्दै टिमको अग्रता बढाए । तर खेलको ६५ औँ मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै टिम खेलमा फर्किएको सङ्केत देखाए । फेरि ६९ औँ मिनेटमा एपीएफका नवीन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

आजको बराबरीसँगै एनआरटी ६ खेलमा सात अङ्कसहित तालिकाको छैटौँ स्थानमा पुगेको छ । उति नै खेल खेलेको एपीएफ पाँच अङ्कसहित एघारौँ स्थानमा छ ।