इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष पाँचमा

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटी शीर्ष पाँचमा

काठमाडौं , २० पुस । चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी शीर्ष पाँचमा उक्लिएको छ ।

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई ३/१ गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि इल्के गुण्डोगान, फिल फोडेन र केभिन डी ब्रुएनले एकरएक गोल गरे।

जितसँगै म्यानचेस्टर सिटी २९ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको हो । चेल्सी २६ अंक जोडेर आठौं स्थानमा छ । यस्तै, गएराति भएकै अर्को खेलमा लेस्टर सिटीले न्युकासल युनाइटेडलाई २ –१ गोल अन्तरले हराएको छ ।

लेष्टर सिटीलाई जिताउन जेम्स म्याडिसन र युरी टिलेमान्सले एकरएक गोल गरे । अंक तालिकामा लेस्टर सिटी ३२ अंकसहित तेस्रो स्थानमा छ भने न्युक्यासल १९ अंकसहित १५ औँ स्थानमा छ ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares