नेकपाका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाए

काठमाडौँ- पार्टी विभाजनको संघारमा पुगेको सत्तारूढ नेकपाका दुई समूहले मंगलबार छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।

हिजो बसेको (प्रचण्ड पक्षको) स्थायी कमिटीको बैठकले मंसिर ७ गते बैठक बस्ने निर्णय गरेको थियो । प्रचण्डले ३ बजेका लागि बबरमहलमा बैठक बोलाएका छन् भने अ‍ोलीले बालुवाटारमै विहान ९ वजेका लागि बैठक बोलाएको बताइएको छ ।

संसद विघटनको विषयलाई लिएर पार्टीमा विवाद उत्पन्न भएपछि पार्टीका दुवै पक्षले आ–आफ्नो पक्षको भेला शुरु गरेका छन् । प्रधानमन्त्री अ‍ोली र अध्यक्ष प्रचण्डले आजै आ–आफ्ना पक्षका सांसदसँग छलफल गरेका छन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •