महानगरप्रमुखले नपाएको कोरोना बीमा रकम अन्यको के आशा

महानगरप्रमुखले नपाएको कोरोना बीमा रकम अन्यको के आशा

पुष ५ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १ सयभन्दा बढी जनप्रतिनिधिले कोरोना संक्रमण भएपछि बीमा दाबी गरेर निवेदन दिएको दुई महिना बित्दासमेत रकम पाउन नसकेको गुनासो गरेका छन् । दुई महिनाअघि नै काठमाडौं महानगरपालिका प्रमुख तथा कर्मचारीहरुले भुक्तानीका लागि निवेदन दिएको भए पनि अहिलेसम्म रकम पाउन सकेका छैनन् ।

जनप्रतिनिधि र कर्मचारी गरी १ सयभन्दा बढीको बीमा रकम दाबी गरेर बीमा कम्पनीमा बुझाएको भए पनि विभिन्न बहाना बनाएर अहिलेसम्म ४० जनाको मात्रै रकम भुक्तानी गरेको र अन्यको रकम पाउन नसकेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताए । महानगरपालिकाले महानगरप्रमुखसहित जनप्रतिनिधि तथा कर्मचारी गरी १ हजार ९ सय ८२ जनाको एकमुष्ट कोरोना संक्रमण बीमा गरेको थियो । कोरोना बीमा गरेकामध्ये १ सयभन्दा बढीलाई कोरोना संक्रमण छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •