January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

लुम्बिनी प्रदेशद्वारा ४३६ कर्मचारीको लागि दरखास्त आह्वान

काठमाडौं । लुम्बिनी प्रदेश सरकार, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयले ठूलो सङ्ख्यामा करार सेवामा कर्मचारी माग गरेको छ । मन्त्रालयले वार्षिक स्वीकृत कार्यक्रम सञ्चालनका लागि ४३६ कर्मचारी करार सेवामा माग गरेको हो । त्यसका लागि आज दरखास्त आह्वान गरिएको छ ।

१५ दिनभित्र आवेदन दिन भनिएको छ ।  मन्त्रालयले प्रदेशका सबैजसो जिल्लामा नायक प्राविधिक सहायक र नायव पशु सेवा प्राविधिकका लागि विज्ञापन आह्वान गरेको हो ।

Advertisement