January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

बाक्लो हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान,अवतरण सुरु

काठमाडौं । बिहानदेखि लागेको बाक्लो हुस्सु हटेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण सुरु भएको छ । आकाशमा घुम्दै गरेका जहाजलाई क्रमशः अवतरण गराउन थालिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

बिहानै आएका चार वटा जहाजलाई भने डाइभर्ट गरिएको छ । सिमराको आकाशमा तीन घण्टासम्म फन्को लगाउँदासमेत अवतरण गर्न नसकेपछि ती जहाजलाई डाइभर्ट गरिएको हो ।

तीन वटा जहाजलाई ढाका र अर्को जहाजलाई कोलकातामा डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा शुक्रबार बिहानैदेखि उडान र अवतरण प्रभावित भएको हो ।

Advertisement