January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौं । एकीकृत समाजवादी र नेकपा (जनवादी) बीच एकता भएको छ । राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा दुई पार्टीबीच एकता भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा जनवादीका नेताहरूलाई स्वागत गरेका थिए ।

अध्यक्ष देवसिंह महतको नेतृत्वमा रहेको जनवादीका नेताहरू एकीकृत समाजवादीमा समाहित भएका हुन् । महत पूर्वमाओवादी नेता हुन् । उनी माओवादीको सशस्त्र युद्धमा सहभागी भएका थिए । माओवादीको चुनवाङको चर्चित केन्द्रीय कमिटी बैठकपछि उनीहरूले माओवादी छोडेका हुन् ।

उनीहरू त्यतिबेला जनयुद्धको निरन्तरताको निर्णय लिनुपर्ने पक्षमा उभिएका थिए ।  एकता कार्यक्रममा बोल्दै अध्यक्ष महतले जनताले जनयुद्धलाई निरन्तरताका लागि सहयोग नगर्ने महसुस भएपछि शान्तिपूर्ण राजनीतिमा आएको बताए ।

Advertisement