January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

डोल्पा सदरमुकाममा विद्युत् सेवा अवरूद्ध

काठमाडौं । डोल्पाको सदरमुकामसहित आसपासका क्षेत्रमा सोमबारदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । जैसीगाड जलविद्युत् आयोजनाको मेसिनमा खरावी आएपछि विद्युत सेवा अवरुद्ध भएको हो ।

Advertisement

मेसिनमा मर्मतका लागि नेपालगञ्ज पठाएको भए पनि त्यहाँ पनि मर्मत हुन नसकेपछि बुटवल पठाएको आयोजनाका जुनियर हेल्पर मुस्कान रावलले जानकारी दिए । हिउँदे याममा आलोपालो तरिकाले विद्युत् सेवा दिँदै आएको डोल्पाको सदरमुकाममा विद्युत् सेवा अवरुद्ध हुँदा समस्या भएको स्थानीयवासी बताउँछन् ।

राष्ट्रिय विद्युत् प्रशारणसँग नजोडिएको हिमाली जिल्ला डोल्पामा स्थानीय विद्युत् बन्द हुन बित्तिकै सबै सेवा बन्द हुने गर्दछ ।

ठूलीभेरी नगरपालिकामा पर्ने २०० किलोवाट क्षमताको विद्युत् तीन सातापछि मात्र सञ्चालनमा आउने आयोजनाले बताएको छ । जैरीगाड जलविद्युतबाट एक हजार २५० घरधुरी विद्युत् उपयोग गर्दै आएका छन् ।