January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

माधव नेपाल र नेकपा एसविरुद्धको मुद्दा हेर्न नभ्याइनेमा

काठमाडौं । माधवकुमार नेपाल सहित १४ सांसदमाथिको कारवाही र नेकपा एकीकृत समाजवादीको आधिकारिकता सम्बन्धी मुद्दा हेर्न नभ्याइनेमा परेको छ। सर्वोच्च अदालतको न्यायाधीशद्वय तेजबहादुर केसी र टंक बहादुर मोक्तानको इजलासमा उक्त मुद्दाको आज पेशी तोकिएको थियो।

तर हेर्न नभ्याइनेमा परेपछि उक्त मुद्दाको सुनुवाइ हुन सकेन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा समेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका छन् । पार्टीले कारवाही गरेका १४ सांसदको हस्ताक्षर समेत प्रयोग गरी नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी दर्ता गरेको भन्दै ओलीले निर्वाचन आयोगविरुद्ध सर्वोच्चको ढोका ढक्ढक्याएका हुन् । एकीकृत समाजवादीको दर्ता नै खारेज हुनुपर्ने उनको जिकिर छ ।

Advertisement