January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

कांग्रेसको सबै मतपरिणाम आज सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको मतदानको सम्पुर्ण मतपरिणाम बिहीबार (आज) सार्वजनिक हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मतपरिणाम बिहीबार सार्वजनिक हुने निर्वाचन समितीका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

खसआर्य र जनजाती बाहेक सबै कलष्टरको मतणना सकिएको छ । संयोजक घिमिरेका अनुसार बिहीबार दिउँसोसम्ममा खसआर्य र जनजाती कोटाको पनि मतणना सकिने जानकारी दिए । दलित कलष्टरको मतगणना सकिएको उनले बताए ।

Advertisement