January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्याग

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छिन् । दर्शनाले बिहीबार वक्तव्य जारी गर्दै विवेकशील साझा पार्टी परित्याग गरेकी हुन् ।

पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझाबाट अलग भएको घोषणा गरेकी छिन् । अब एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहने उनले बताएकी छिन् ।

सके राजनीतिमा फोहोर सफा गर्छ, नसके फोहोर गर्दिनँ भनेर राजनीतिमा लागेको उनले भनेकी छिन् ।

Advertisement