September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

साउन २० सम्म थपियो उपत्यकामा निषेधाज्ञा, यी क्षेत्र अझै बन्द

काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा १० दिनका लागि थपिएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुको बैठकले आगामी साउन २० गतेसम्मका लागि निषेधाज्ञा लम्याउने निर्णय गरेका हुन् ।

Advertisement

कोरोना महामारीको दोस्रो लहर देखिएसँगै गत वैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक थप भएको निषेधाज्ञा आइतबार राती १२ बजेदेखि सकिँदैछ ।

जसअनुसार सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल। रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ । यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

यस्ता छन् अन्य नियमहरु