September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

सौरभ राणालाई डीआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका वरिष्ठ प्रहरी उरीक्षक (एसएसपी) सौरभ राणा प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले विहीबार उनलाई डीआईजीमा बढुवा गर्न सिफारिस गरेको हो। राणा हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा कार्यरत छन् ।

जनपद प्रहरी समूहतर्फबाट प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव निरजबहादुर शाहीले जानकारी दिएका छन् ।

राणा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । राणालाई संघीय प्रहरी इकाई कार्यालय धरानमा रहँदा एकजना महिलाले बलात्कार गरेको आरोप लगाएका थिइन् । सो मुद्दामा राणाले सफाई पाएका छन् ।

Advertisement