September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

ओली र नेपालबीच भेटघाटको कुनै कार्यक्रम छैन- नेपालका स्वकीय गौतम

नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भैरहेको भन्ने समाचारमा सत्यता नरहेको नेपालको सचिवालयले बताएको छ ।

सञ्चारमाध्यामहरुमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपालबीच भेट भएको र हुने तय भएका समाचार बाहिर आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत नेताद्वयबीच भेटघाटको कुनै कार्यक्रम तय नभएको बताएका छन् ।

गौतमले भनेका छन्- विभिन्न सन्चार माध्यमहरूमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओली बीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरू बीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु । एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र नेपालबीच भेटवार्ता हुन लागेको जानकारी दिएका थिए ।

Advertisement