September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

जाली, फटाहा,अपराधि, कुसन्तान हरू कहिले बाँदर जुलुस, बरण्डामा उफ्रिने नाटक मञ्चन गरिरहेका छन- माधवकुमार नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर कोही बस्न नसक्ने बताएका छन्। बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले अपमान सहेर बस्न पनि नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताए।

Advertisement

आफूविरुद्ध पार्टी भित्रैबाट  भइरहेको प्रदर्शन र आलोचनालाई एमाले वरिष्ठ नेता नेपालले नाटक भन्दै यस्तो काम गर्नेहरू अपराधी र फटाहा भएको टिप्पणी गरेका छन् । नेता नेपालले अघि भने, ‘यस रुपमा अगाडि बढ्छ, सुध्रिन्छ, रुपान्तरण हुन्छ, ठीक छ । कसले आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन ।’

गलत कुरालाई स्वीकार गरेर शिर निहुर्‍याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’ कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने बताउँदै उनले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए।

‘यो कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर हामी राजनीति गर्छौं, आन्दोलनलाई सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई हामी बलियो बनाउन चाहन्छौं’, उनले भने।

नेता नेपाललले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा गरेको भाषणलाई नाटक मञ्चन गरेको बताएका छन् । नेपालले भने, ‘अपराधिक, शोषक, सामन्ती, जाली-झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको छ ।’ अरुको अपमान गर्नेले समाज र राष्ट्रको अपमान पनि गर्ने भन्दै उनले प्रवृत्तिलाई निरुसाहन गनुपर्ने बताए ।