November 28, 2021, Sunday
१२ मंसिर २०७८, आईतवार

चीनमा शताब्दीकै ठूलो बाढी, १२ जनाको मृत्यु, एक लाखभन्दा धेरैलाई सुरक्षित स्थानमा सारियो

मध्य चीनमा बाढीको कारण १२ जनाको ज्यान गएको छ । मध्य चीनमा अविरल वर्षापछि आएको बाढीबाट जोगाउन एक लाखभन्दा धेरै मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ ।

Advertisement

बाढीको कारण चीनको हेनान प्रान्तको राजधानी सहर झेङझोउसहितका एक दर्जनभन्दा धेरै सहर बढी प्रभावित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले बाढी नियन्त्रणको अवस्था निकै कमजोर रहेको बताएका थिए ।

बाढीको कारण ठूलो जनधनको क्षति भएको जिनपिङले बताएका छन् । उनले मानिसको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिन सबै निकायलाई निर्देशन दिएका छन् ।

यसपटक शताब्दीकै ठूलो बाढी आएको बताइएको छ ।चिनियाँ सहरको सडक तथा रेल स्टेसनमा मानिसको छातिसम्म पानी आउने गरी बाढी आएको केही भिडियोमा देखिन्छ ।