October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

माधव समूहलाई ‘बाँदरको संज्ञा’ दिँदै युवा संघको विरोध प्रदर्शन

नेकपा एमालेको ओलीनिकट युवा संघ नेपालका कार्यकर्ता बाँदर बनेर सडकमा विरोध प्रदर्शनमा उत्रिएका छन् । वरिष्ठ नेता माधवकुमार नेपालसहितका २२ सांसदले पार्टीको हितविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरुलाई ‘बाँदरको संज्ञा’ दिँदै मंगलबार युवा संघ विरोध प्रदर्शनमा उत्रिएको हो ।

बाँदरको मुकुन्डो लगाएका दर्ननौ कार्यकर्ताहरु नयाँबानेश्वरको सडकमा विरोध प्रदर्शन उत्रिएका छन् । बिरोधमा उनीहरुले बानरको मुकुण्डो लगाएर बानरको आवाज जस्तै आउ आउ गर्दै सडका उफ्रिएका थिए । उक्त दृश्य एकदमै नौलो मानिएको छ ।

सोमबार बालकुमारीको हनुमन्ते खोलाको किनारमा ओलीनिकट युवा कार्यकर्ताले नेपालको पुत्ला पनि जलाएका थिए । नेपाल समूहका २२ सांसदले प्रधानमन्त्री देउवालाई विश्वाको मत दिएपछि युवा संघले लगातार विरोध प्रदर्शन गर्दै आएको छ ।

Advertisement