September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच मन्त्रिपरिषद् विस्तार र न्यूनतम साझा कार्यक्रममा सहमति

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मंगलबार बिहानैदेखि राजनीतिक भेटघाटमा सक्रिय भए । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको छ ।

Advertisement

भेटमा सरकार सञ्चालन र गठबन्धनका साझा नीति तथा कार्यक्रम तय गर्ने विषयमा छलफल भएको बताइएको हो । यस् अघी माधव नेपालसँग भएको भेटमा पनि यसै विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।माधव नेपाल र उपेन्द्र यादवसँगको छलफलपछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

देउवा र प्रचण्डबीच पनि मन्त्रिपरिषद् विस्तार, ओली सरकारले गरेका नियुक्ति खारेजी र न्यूनतम साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्ने विषयमा छलफल भएको थियो । स्रोतका अनुसार देउवा र प्रचण्डबीच यी तीन कुरामै सहमति भएको छ । मन्त्रिपरिषद् चाँडै विस्तार गर्ने र न्यूनतम साझा कार्यक्रम बनाउने सहमतिमा उनीहरू पुगेको बताइएको छ।

ओली सरकारले गरेको नियुक्ति खारेजीको प्रक्रिया भने देउवाले शुरू गरिसकेका छन् । यो बीचमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भइसकेको छ । ११ राजदूत नियुक्ति प्रक्रिया खारेज गरिएको छ । त्यस्तै सुकुम्बासी आयोग पनि खारेज गरिएको छ ।

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो । ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।