October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

प्रचण्डको दौडधुप- माधव नेपाल र उपेन्द्र यादवसँग भेटवार्ता पछि बालुवाटारमा

नेकपा एमाले बरिष्ठ नेता माधवकुमार नेपालसंग माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

सरकारमा सहभागिताबारे छलफलका लागि आज विहानै माधव नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वरमा पुग्नुभएको थियो । प्रचण्ड र माधव नेपालबीच करीव पौने घण्टा छलफल भए लगत्तै जसपा अध्यक्ष यादव पुग्नुभएको थियो । प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत पाइसकेपछि अब जसपा र एमालेका मधव नपाल पक्ष सरकारमा सहभागी हुने तयारी छ ।

मन्त्रालय भागबण्डा र विशेष गरी माधव पक्षलाई सरकारमा सहभागी गराउन आवश्यक कानूनी तथा राजनीतिक प्रवन्ध मिलाउन शीर्ष तहमा छलफल भएको बताइएको छ । प्रधानन्त्री देउवाले माधव पक्षको सरकारमा सहभागिताको सन्दर्भमा निर्णय आएपछि मात्र मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । यसबीचमा जसपाको आधिकारिकता विवाद पनि निर्वाचन आयोगबाट टुंगो लाग्ने भएकाले उपेन्द्र यादव माधव नेपाललाई भेट्न जानुभएको बताइएको छ ।

Advertisement