October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त, ओली समूहका ४ जनाले पनि देउवालाई भोट दिए

सर्वोच्च अदालतको फैसला अनुसार स संविधानको धारा ७६ को उपधारा ५ अनुसार गत आसर २९ गने प्रधानमन्त्री नियुक्त शेरबहादर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका दुवै समूह, राजमो र नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले मतदान गरेका थिए । देउवाको विपक्षमा नेकपा एमाले र नेमकिपा तथा राप्रपाका सांसदले मत हालेका थिए ।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले बैठकमा अनुपस्थित रहे पनि मतदान गर्ने बेला आएका थिए । नेकपा एमालेको माधव पक्षका सांसदहरु मध्ये आधाले देउवाको पक्षमा र आधा तटस्थ बसेका थिए । के गर्ने भन्ने विषयमा अलमल भएका कारण पार्टी उपाध्यक्ष रहेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका थिए । तटस्थ बस्नेहरुको तर्क अझै पनि पार्टी एकता कायम गर्न कोशिश गर्ने भन्ने रहेको छ । तटस्थ बस्ने मध्येका अगुवा घनश्याम भुसालले भने अव संसद जोगियो, संविधान जोगियो, अब पार्टी जोगाउनु पर्छ ।

माधव पक्षका माधव नेपाल, विरोध खतिवडा, रामकुमारी झांक्री, मेटमणि चौधरी, निरादेवी जैरुले विश्वासको प्रस्तावको पक्षमा मतदान गरेका थिए । आज मात्रै भएको ओली पक्षीय एमालेको स्थायी कमिटिको बैठकले देउवाको पक्षमा भोट हाल्ने पार्टीमा रहन नससक्ने चेतावनी दिएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षमा रहेका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।ओली पक्षका प्रेम आले डोटी, धनबहादुर बुढा डोल्पा, किसन श्रेष्ठ, तनहुं गोपाल बम बाजुरा रहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले चरम अराजक र अनुशासनहीन पार्टी बनेको छ ।