September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

संसदमा आए ओली , प्रधानमन्त्री देउवालाई दिए बधाई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । विश्वासको मतसम्बन्धी प्रस्तावमा मतविभाजन सुरु हुनै लाग्दा प्रतिनिधिसभाको बैठकमा प्रवेश गरेका ओलीले देउवासंग हात मिलाएरै बधाई दिएका हुन् ।

उनले प्रधानमन्त्री देउवालाई हात मिलाएर बधाई र शुभकामना दिएका छन्। छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री देउवाले जवाफ दिएपछि ओली बैठकमा गएका हुन्। उनले बैठकस्थलमा प्रधानमन्त्री देउवासँग हात मिलाएका छन्। देउवा प्रधानमन्त्री भएपछि उनीहरूबीच यो पहिलो भेट हो।

प्रधानमन्त्री देउवाले संसदमा अहिले विश्वासको मत लिँदैछन्। नेपाल पक्षका १५ सांसदहरु पक्ष वा विपक्षमा मत नदिने निर्णय गरी संसद भवनबाट बाहिरिएका छन्। जनता समाजवादी पार्टीका दुवै समूहले देउवाका पक्षमा मतदान गर्ने निर्णय गरिसकेकाले देउवाले विश्वासको मत पाउने निश्चित छ।

Advertisement