October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

देउवा श्रीमान ५ बाट प्रधानमन्त्री नियुक्त हुनुभएको होः प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता तथा सांसद प्रदीप कुमार ज्ञावलीले प्रधानमन्त्री शेर बहादुर देउवा सर्वाेच्च अदालतका ५ श्रीमानद्वारा प्रधानमन्त्री नियुक्त भएको बताउनुभएको छ ।

Advertisement

सर्वोच्च अदालतले धारा ७६ (५) को अपब्याख्या गरेको भन्दै झस्केलामार्फत निर्दलीयतालाई प्रवेश गराउने काम भएको टिप्पणी पनि गर्नुभयो । उहाँले यसअघि देउवालाई श्री ५ ज्ञानेन्द्रले प्रधानमन्त्री पदमा नियुक्त दिएको र अहिले श्रीमान् ५ ले देउवालाई नियुक्ति दिएको उल्लेख गर्नुभयो ।

‘अन्तिपटक तत्कालीन राजा ज्ञानेन्द्र शाहले देउबालाई प्रधानमन्त्रीबाट हटाएका थिए। त्यसैले दलको विभाजनले गर्दा प्रजातन्त्र कमजोर हुन्छ। लोकतन्त्र कमजोर हुन्छ, इतिहास दुई चोटी दोहोरिन्छ भनिन्छ । उहाँ आफैं दलीय विजभानको शिकार हुनुहुन्थ्यो ।’उहाँले भन्नुभयो ।

देउवाले विश्वासको मत मागेपछि बोल्दै उहाँले सर्वाेच्चले संविधानको अजिव तरिकाले व्याख्या गरेको भन्दै उक्त फैसलाले जस्केलाबाट निर्दलीयता ल्याउन खोजेको बताउनुभयो । अदालतलाई संविधानको व्याख्या गर्न भनेको तर संशोधन गर्न नभनेको भन्दै उहाँले अदालतले दिएको फैसलाको आलोचना गर्नुभयो ।

नेपाली कांग्रेसकै सांसद उपस्थित नहुँदा देउबा सम्मिलित सरकार तीनपटक ढल‍ेको स्मरण गराउँदै उहाँले देउबा एकपटक गृहमन्त्री र दुईपटक प्रधानमन्त्री हुँदा नेपाली कांग्रेसकै सांसदका कारण सरकार ढलेको बताउनुभयो । उहाँले प्रतिनिधिसभा पुनर्स्थापनालाई प्रहसन र विद्रुप राजनीतिको संज्ञा दिदै शक्ति पृथक्कीकरणको पद्धति भत्किएको बताउनुभयो । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) को अपव्याख्या गरेको भन्दै आफूहरुले आदेश पालना गरेपनि यो अमान्य रहेको बताउनुभयो ।