November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

प्रधानमन्त्रीका सल्लाहकार थापाको हिसाब-किताबमा माधव नेपालको आपत्ति

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् ।

Advertisement

सर्वोच्चको संवैधानिक इजलासबाट फैसला आउने दिन भनिएको आन विहान आफ्नो धारणा राख्दै नेता नेपालले सर्बोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको दावी गरे । सहमतिलाई अदालतलाई प्रभावित गर्ने गरी अपव्याख्या भएको भन्दै उनले असन्तुष्टि जनाएका छन् । रातारात सहमति गर्दा आम कार्यकर्तामा आशंका हुनसक्ने र अदालतमा विचाराधीन मुद्दामा यसको मिसयुज हुनसक्ने भन्दै उनले भनेका छन्, अदालतलाई प्रभावित पार्ने कुनै पनि गतिविधि मान्य हुँदैन ।’

अध्यक्ष केपी शर्मा ओली र नेपाल पक्षका नेताहरु रहेको कार्यदलले आइतबार साँझ मात्र १०बुँदे सहमति गरेको थियो, जसमा सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने उल्लेख छ ।

हिसाब-किताब ? pic.twitter.com/lmOJpVdV1s

कार्यदलले गरेका सहमतिलाई अदालतको मानहानी गर्ने गरी व्याख्या गरिनु गलत र अस्वीकार्य रहेको नेता नेपाल बताउँछन्।

कार्यदलको सहमतिलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले सामाजिक सन्जालमार्फत अब शेरबहादुर देउवाको पक्षमा एमालेका २३ सांसदको समर्थक घटेको र सर्वोच्च अदालतमा रिट दायर गर्ने १ सय ४६ मध्ये १ सय २३ मात्र बाँकी रहेको जानकारी दिएका थिए ।

एमाले कार्यदलले आइतबार राति १० बुँदे सहमति जारी गरेलगत्तै थापाले फेसबुक र ट्वीटमा ‘सर्वोच्चद्वारा न परमादेश न पुर्स्थापना’ भन्नेलगायत स्टाटस लेखेका थिए।