October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

प्रचण्ड सहित नेपालका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपति सी चिनफिङको भर्चुअल बैठक (तस्बिरहरू)

चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसीले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको छ ।

Advertisement

नेपालसहित १६० देशका शीर्ष नेताहरुसँग चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन जारी छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगतयका विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

भर्चुअल रूपमा जारी बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको हो।