October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

माधव नेपाल निवास पुगे प्रचण्ड

पार्टी विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेका बेला एमाले वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

जनकपुरबाट काठमाडौं फर्किएका प्रचण्ड नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । एमाले विवाद कायमै रहँदा नेता नेपालसहित विपक्षी गठबन्धन बनेको छ ।नेकपा एमालेमा दुई समूहको विवाद समाधानका लागि सकारात्मक दिशामा अघि बढेका बेला प्रचण्ड-नेपालको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचण्ड र नेपालबीच त्रिपक्षीय छलफल हुने गरेको थियो । आजको भेटघाटमा भने देउवा सहभागी नभएको बतायिएको छ।

 

Advertisement