October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

ओली सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (तस्बिरहरु)

संयुक्त विद्यार्थी गठबन्धनको नेतृत्वमा शनिबार पनि राँकेजुलुस प्रदर्शन भएको छ। काठमाडौंको प्रदर्शनीमार्गमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीहरुले राँकेजुलुस प्रदर्शन गरेका छन्।

Advertisement

पेट्रोलियम पदार्थको मूल्यवृद्धि, प्रतिनिधिसभा विघटनलगायतको विरोध गर्दै गरेको प्रदर्शनमा विद्यार्थीले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लासमेत जलाएका छन् ।

विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपा र जनमोर्चा नेपालनिकट विद्यार्थी संगठनले पछिल्ला दिनमा निरन्तर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

असार १६ गतेबाट देशभरका जिल्लाहरुमा संयुक्त विद्यार्थी आन्दोलन गर्ने निर्णय भएसँगै विद्यार्थीहरु प्रदर्शनमा उत्रेका छन्। आन्दोलनको कोणसभालाई सम्बोधन गर्दै आर.आर क्याम्पस नेविसंघका अध्यक्ष संजिव ढकालले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर बर्षौको संघर्षपछि आएको व्यवस्था मास्न खोजेको आरोप लगाए।