October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

रुकुममा काँग्रेस र माओवादी कार्यकर्ता वीच झडप- दुई गम्भीर घाइते

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ता वीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रबार साँझ आठबिसकोट नगरपालिका वडा नम्बर ३ खदीमा माओवादी र काँग्रेस कार्यकर्ता वीच सामान बोक्ने घोडा र ट्याक्टर ठोक्किएको बिषयमा विवाद हुँदा झडप भएको हो। दोहोरो झडपमा परेर माओवादी कार्यकर्ताहरु गोपाल बि.क. र राजु बि.क. गम्भीर भाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुुख प्रहरी नायब उपरिक्षक धुर्वकुमार श्रेष्ठले बताए ।

झडपमा संलग्न नेपाली काँग्रेसका गोपाल बोहरासहित केहिलाई प्रहरीले नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले जानकारी दिए ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र आठबिसकोट इलाका प्रहरी कार्यालयबाट थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिईएको डिएसपी श्रेष्ठले बताए ।

Advertisement