January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

मोटरसाईकल किन्न लहान गएका युवा १५ दिन देखि सम्पर्क बिहिन

महेश सिंह
सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर ११ पडरीया बस्ने श्यामसुन्दर साहु तेलीका छोरा अन्दाजी ३२ बर्षको दिपेन्द्र कुमार साह करिब १५ दिन देखि सम्पर्क बिहिन भएका छन्।घरमा मोटरसाईकल खरिद गर्न लहान जादै छु भनेर निस्केको साह सम्पर्क बिहिन भएका छन्।

घरमा आमा,बुबा,भाई,श्रीमती नयाँ मोटरसाईकल लिएर घर आउँछ भनेर राह पर्खेर बसेका छन्।साझ अवेर सम्ममा घर नआए पछि सम्पुर्ण आफन्तको घरमा फोन गरेर शोधपुछ गरेका थिए।
मानसिक अबस्था एकदम राम्रो रहेको साह घरबाट बेपत्ता भएका छन्।घर बाट निस्केको करिब १५ दिन भईसकेको छ।हाल सम्म कुनै ठाँउबाट भेटेको र सम्पर्कमा आएको जानकारी आएको छैनन्न।
उक्त ब्यक्तीको खोजी निति तिब्र गतिमा भईरहेको परिवारजन धर्मेन्द्र कुमार साहले जानकारी दिनु भयो।उक्त ब्यक्तीलाई कुनै ठाँउमा फेला पर्‍यो भने नजिकको प्रहरी चौकीमा जानकारी गराईदिन हुन् परिवारजनको अनुरोध रहेको छ। बेपत्ता साह बिवाहीत ब्यक्ती हुन्। उनलाई एक ६ बर्षकी छोरी र श्रीमती छिन।

१५ दिन देखि घरबाट सम्पर्क बिहिन छन् भने जानकारी र खोजीनिती गर्न ईलाका प्रहरी कार्यालय लहानमा लिखित निवेदन समेत दर्ता गराएका उनको आफन्त मंगल् देब साहले जानकारी दिनु भयो।

Advertisement