September 16, 2021, Thursday
३१ भाद्र २०७८, बिहीबार

झापाका कैदीबन्दीले सिन्धुपाल्चोकका बाढी पीडितलाई पठाए राहत

झापा कारागारमा रहेका कैदीबन्दीले बुधबार सिन्धुपाल्चोकस्थित हेम्लबू गाउँपालिकाका बाढी पीडितका लागि रु ५० हजार १०० नगद पठाइदिएका छन् ।

Advertisement

वर्षायामको शुरुआती दिनमै सिन्धुपाल्चोकमा बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएपछि पीडित परिवारलाई राहतस्वरुप सहयोग गर्ने उद्देश्यले सो नगद रकम कैदीबन्दीले पठाइदिएका हुन् ।

परिस्थितिले हामी जहाँ रहे पनि जस्तो रहे पनि मानवीय संवेदना हुनुपर्छ ।कारागार झापामा कैदीबन्दी तर्फको आन्तरिक प्रशासन प्रमुख शेरबहादुर थेबेले भने ‘सिन्धुपाल्चोकका बाढी पीडितको पीडामा मलमपट्टि पुगोस् भनेर हामीले एक दिनको छाक कटाएर सहयोग पठाएका हौँ ।

उनिहरुले जम्मा गरेको रकम पालिकाको विपद् राहत कोषको खातामा जम्मा गरिदिएको जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र गौतमले बताएका छन् । झापा कारागारमा हाल ७६ महिला र एक हजार १४६ पुरुष कैदीबन्दी रहेका छन् ।