January 20, 2022, Thursday
६ माघ २०७८, बिहीबार

भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला सुरु

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र वैज्ञानिक खोज अनुसन्धान गर्ने नामी नामक संस्थाको आयोजनामा भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला आजदेखि सुरु गरिएको छ ।

Advertisement

पाठशालामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको देशनै विकास र समृद्धिमा अगाडि बढेको बताउँदै पाठशालाले विकासको खाका पनि कोर्ने बाउनुभयो । कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको प्रगति प्रस्तुत गर्नुभयो । काठमाडौँ विश्वविद्यालयका डीन डा मनिस पोखरेलले कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरका लागि मात्र नभई सबै क्षेत्रका लागि आवश्यक रहेको औँल्याउनुभयो ।

न्यूनतम स्तानक उत्तीर्णदेखि पीएचडीसम्मको अध्ययनरत स्वदेश तथा विदेशका १२० जना प्रशिक्षार्थी सहभागी रहेको पाठशालामा विश्वका विभिन्न देशका ३० वैज्ञानिकहरूले प्रशिक्षण दिइरहेको नामीका इन्जिनियर श्रेयासा पौडेले जानकारी दिनुभयो । पाठशालामा विश्वका विभिन्न वैज्ञानिकहरूले सहभागीलाई वैज्ञानिक खोज अनुसन्धानसम्बन्धी जानकारी दिई खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्ने उद्देश्यले पाठशाला सञ्चालन गरेको उहाँले बताउनुभयो ।

ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य रवीन्द्र फोंजुले विकसित देशसँंगै विकासोन्मुख देशहरूमा पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन कार्यशालाले टेवा पु¥याउने र पाठशालामा नयाँनयाँं अनुसन्धानबारे शोधपत्र निकालिने जानकारी दिनुभयो । पाठशालाको ११ दिनसम्म कृत्रिम बौद्धिकतालाई सही ढङ्गले उपयोग गर्ने विषयमा छलफल चलाइने बताउँदै नामी संस्थाका अनुसन्धानकर्ता दण्डपाणि पौडेलले बताउनुभयो ।