September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

हिन्दु धर्ममाथि प्रहारपछि बाबुरामको पुत्ला जलाइयो, विश्व हिन्दू परिषद नेपालद्वारा कारवाही गर्न माग

नेपाल विश्व हिन्दु महासंघले जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईमाथी कारवाही गर्न माग गरेकाे छ । डा‍. भट्टराईले आफ्नाे ट्विटरको माध्यमबाट वैदिक सनातन हिन्दु धर्म र संस्कृतिलाई लक्षित गरि अत्यन्त अभद्र र आपत्तिजनक टिप्पणी गरेको भन्दै महासंघले कारवाहीकाे माग गरेकाे हाे ।

Advertisement

विश्व हिन्दु महासंघका अध्यक्ष केदारनाथ दहाल र सचिव अभिषेक तिवारीले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै बहुसंख्यक हिन्दु धर्मावलम्बीहरुको आस्था माथि खेलवाड गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका व्यक्तिले गरेका यस्ता आपत्तिजनक, घृणित र अभद्र टिप्पणीको कडा शब्दमा निन्दा तथा भत्सर्ना गरेका छन् ।

बाबुरामले बकर इदकै दिन हिन्दुको आस्थामाथि प्रहार हुनेगरी सामाजिक सञ्जाल ट्विटरमा पोस्ट गरेपछि त्यसको विरोध भइरहेको छ ।विश्व हिन्दू परिषद नेपालले समेत नेता भट्टराईविरुद्ध राजविराज, वीरगन्ज जस्ता देशका मुख्य सहरहरूमा प्रदर्शन गरेको छ। विश्व हिन्दू परिषद् नेपालका कार्यकर्ता एवं हिन्दूवादी युवाहरूले डा।भट्टराई विरुद्ध नाराबाजी गर्दै पुत्ला समेत जलाएका छन् । हिन्दू विरुद्ध अभद्र टिप्पणी गर्नेलाई यथाशीघ्र कानुनी कारबाही गर्न सम्बन्धित निकाय समक्ष परिषद्ले माग पनि गरेको छ । भारतका साथै नेपालका शीर्ष तहबाट समेत बाबुरामको हर्कतको विरोध भइरहेका बेला उनीविरुद्ध आन्दोलन सुरु भएको हो ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध देशका विभिन्न भागहरुमा प्रदर्शन भएको जानकारी दिएकी छन् । बाबुरामले हिन्दुहरुको आस्था प्रति अपहेलना पैदा गरि उनले एक ट्विट गरेका थिए ।

विज्ञप्तीमा नेपालमा बस्ने हामी तीन करोड नेपालहरु मध्ये ८४ प्रतिशत हिन्दु तथा ओमकार परिवार गरि ९४ प्रतिशतले वैदिक सनातन हिन्दु धर्म संस्कृति आत्मसात गरेका छाैं । विदेशी मिसिनरी शक्तिहरुद्वारा संचालित व्यक्ति तथा संगठनहरुले पटक पटक हिन्दु धर्मावलम्बीहरुको आस्था संग खेलवाड गर्दै आएको तथ्य पछिल्लो घटनाक्रमहरु बाट उजागर भएको कुरा सर्वविदितै छ। उल्ले गरिएकाे छ ।

त्यस्तै जारी विज्ञप्तीमा असामाजिक तत्वहरुलाई कानुनी कार्यवाही हुन नसक्दा उनीहरुको दुष्टता र मनोबल झनै बढीको देखिन्छ। पुर्व प्रधानमन्त्री डा. भट्टराई कि पत्नी पुर्व मन्त्री हिसिला यमि, पुर्व मन्त्री मो. इस्तियाक राई त्यसै गरि राजनीति विश्लेषक सि.के. लाल जस्ता विभिन्न पात्रहरू द्वारा पटक पटक वैदिक सनातन हिन्दु धर्म र संस्कृति लाई लक्षित गरि आपत्तिजनक र अभद्र टीका टिप्पणी हुने गरेको पाइएको उल्लेख गरिएकाे छ ।

तसर्थ वैदिक सनातन हिन्दु धर्म र संस्कृति प्रति यस्ता आपत्तिजनक तथा अभद्र टिप्पणी गर्ने व्यक्तिहरुलाई यथाशीघ्र कानुनी दायरा भित्र ल्याइ कडा भन्दा कडा कार्यवाही गर्न सम्बन्धित निकाय समक्ष नेपाल विश्व हिन्दु महासंघले जोडदार माग गरेकाे छ ।