October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

यी सपनाले दिन्छ १० दिनपछि हुने घटनाको बारेमा संकेत

बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ । सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

Advertisement

कुन बेला देखिएको सपनाको अर्थ के ?

सूर्य उदाउनु भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ ।

तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

सपना देख्ने वित्तिकै जाग्नु:

कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ । सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।

उडेको सपना:

यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु:

सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।

निंद्रामा आवाज, चित्र र भावनाको अनुभव हुनु नै सपना हो। सपनाको वैज्ञानिक अध्ययनलाई ओनेइओलोजि भनिन्छ। सुतिरहेको बेलामा मानिसको दिमागमा एक चरणमा पुगेपछि, तस्विर, सब्द, आदिको भ्रम जस्तो दिमागमा पैदा हुन्छ।

यो निन्द्राको चरणलाई ‘निन्द्राको रेड आई मोवेमेंट चरण’ भनिन्छ। निन्द्रामा देखेको सपनाको कुराहरु मानिसको जीवनसंग सम्बन्धित हुन पनि संचा र नहुन पनि सक्छ। मानिसहरुले ज कुरा सुत्ने बेलामा सोचेर सुत्छ, त्यहि कुराको बारेमा सपना देख्छ भन्ने पनि मान्यता (विश्वास) रहेको छ।

सबै सपनामा देखिने कुराहरु मानिसको जीवनसंग सम्बन्धित पनि हुन्छ सक्छ र नहुन पनि सक्छ। एउटा सपनाको अबदी केहि सेकेन्ड, केहि मिनट र केहि घन्टाको रहने पनि वैज्ञानिकहरुले अनुमान लगाएका छन्।

सपनामा देखेको, सुनेको, तथा अनुभव गरेको कुराहरु निन्द्राबाट बिउजेपछि याद नहुने, र याद भए पनि एक्दैमै मन्द यादहरु रहने गर्दछ। सपनालाई नेपाली र हिन्दी भाषामा मानिस तथा अन्य वस्तुको नामको रुपमा पनि प्रयोग गरिन्छ।