निधारमा टीका किन लगाउने ? यस्तो छ वैज्ञानिक महत्त्व

निधारमा टीका किन लगाउने ? यस्तो छ वैज्ञानिक महत्त्व

नेपालमा हरेक दिन कुनै न कुनै चाडपर्वहरू परिरहेका हुन्छन् । धर्म, संस्कृति र संस्कार मान्ने हरेक मानिसले प्रसादका रूपमा टीका लगाएर आशीर्वाद दिने र लिने परम्परा शदियौँ देखि हालसम्म यथावत् रूपमा चलिआएको छ ।

वैज्ञानिकहरूले टीका लगाउने विषयमा अध्ययन तथा अनुसन्धान पनि गरिएका छन् । हाम्रो निधारको बिच भागमा अज्ञान चक्र हुन्छ जसलाई इडा, पिंगला तथा सुषुम्ना नाडीको सङ्गम बिन्दु पनि मानिन्छ ।

टीका जहिले पनि ‘आज्ञा चक्र’मा लगाउने गरिन्छ जसलाई हाम्रो चेतनाको केन्द्र पनि भन्ने गरिन्छ । वैज्ञानिक दृष्टिकोणले पनि चन्दनको टीका लगाउनाले मस्तिष्कलाई शान्ति, एकाग्रता तथा शीतलता प्राप्त भइरहने एक अनुसन्धानका क्रममा पुष्टि पनि भइसकेको छ ।

जसको कारणले दिमागमा सेराटोनिन र बीटाएंडोरफिन नामक रसायनलाई सन्तुलनमा राख्न मद्दत गरिरहन्छ । प्राचीन कालदेखि नै बिहानको समयमा विशेष गरी आफ्ना कुल, पितृ तथा इष्ट देवको पूजा आराधना गरेर प्रसादका रूपमा टीका लगाउने परम्परा सनातन देखि नै चल्दै आएको छ ।

टीका लगाएपछि सिरमा हात राखेर आशीर्वाद दिँदा सकारात्मक ऊर्जा हाम्रो शिरमा एकत्रित होस् र सधैँभरि सकारात्मक ऊर्जाका कारणबाट हाम्रो सोच,बिचार, बुद्धि सदैव सकारात्मक रहिरहन मद्दत पुग्ने शास्त्रमा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा विदेशीहरूले पनि निधारमा टिका लगाएर हिँड्न थालेका छन् । नेपालमा हिन्दु परम्परामा विवाह गर्ने प्रचलन पनि बढिरहेको एक अनुसन्धानले देखाएको छ ।

सुरेशचन्द्र रिजाल (ज्योतिष तथा वास्तुविद्)

Facebook Comments Box
Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares