रिडीमा मकर स्नान गर्नेको घुइँचो, माघे संक्रान्ती मेला भने लागेन

रिडीमा मकर स्नान गर्नेको घुइँचो, माघे संक्रान्ती मेला भने लागेन

गुल्मी । तीन जिल्लाको संगमस्थल रुरुस्थित रिडीमा माघे संक्रान्तिको अवसरमा मकर स्नान गर्नेको भीड लागेको छ । तर, हरके वर्ष लाग्ने गरेको माघे संक्रान्ती मेला भने लागेको छैन ।

गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा माघे संक्रान्तिको अवसरमा कालीगण्डकी नदीमा नुहाउनेको भीड लागेको हो ।

कोरोना महामारीका कारण यो वर्ष रिडीमा मेला नलागेको रुरुक्षेत्र गाउँपालिका(१ का वडाध्यक्ष रामलाल विश्वकर्माले बताएका छन् । तर, रिडीस्थित कालीकगण्डकी क्षेत्रमा स्नान गर्ने श्रदालु भक्तजनको भने भीड लागेको उनको भनाइ छ ।

अघिल्ला वर्ष जस्तै श्रद्धालु भक्तजनहरु बिहानैदेखि आएको रुरुक्षेत्र ऋषीकेश मन्दिरका पण्डित चुरामणि तिमिल्सिनाले जानकारी दिएका छन् ।

माघे सक्रान्तिदेखि तीन दिनसम्म कालीगण्डकीमा स्नान गरेर ऋषीकेश मन्दिरको दर्शन गरेमा मोक्ष प्राप्त हुने विश्वास छ ।

Share This
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares