January 27, 2022, Thursday
१३ माघ २०७८, बिहीबार

बीबीसी मास्टरसेफ ‘रिम्याच’को उपाधि सन्तोष साहलाई

काठमाडौं । मास्टर सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको रिम्याच उपाधि प्राप्त गरेका छन् । सोमबार बीबीसी वान तथा आइप्लेयरमा प्रसारित अन्तिम प्रतिस्पर्धामा जमी पार्क, फिली आर्मिटेज र बार्ट वान देर लीलाई हराउँदै उनले उपाधि जितेका हुन् ।

विगतका शृंखलामा अन्तिम चरणसम्म पुगेका चार प्रतिस्पर्धीलाई उनीहरुको खाना र करियरले कति प्रगति गरेको छ भनेर देखाउनको लागि मास्टर्ससेफ रिम्याच प्रोफेसनल कार्यक्रम आयोजना गरिन्छ । यो कार्यक्रममा ४ जना प्रतिस्पर्धीहरु थिए ।

उनका प्रतिस्पर्धीहरुमध्ये जामिया पार्क बीबीसी मास्टरसेफ २०१७ को सिजनका अन्तिम प्रतिस्पर्धी थिए भने बाँकी दुई फिली आर्मिटेज र बार्त धान डेर ली २०२० को अन्तिम सिजनका प्रतिस्पर्धी हुन् । साह २०२० को सिजनमा मास्टर्ससेफ प्रोफेसनको दोस्रो हुन सफल भएका थिए ।

Advertisement