September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

अष्ट्रेलियाले एकदिवसीय शृङ्खला जित्यो

अष्ट्रेलियाले वेष्टइन्डिज विरुद्धको एकदिवसीय शृङ्खला २–१ ले जितेको छ । तेस्रो, अन्तिम तथा निर्णायक एकदिवसीय खेलमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई छ विकेटले हराउँदै शृङ्खला आफ्नो पक्षमा पारेको हो । टी ट्वान्टी शृङ्खला भने वेष्टइन्डिजले जितेको थियो । वेष्टइन्डिजले प्रस्तुत गरेको १५३ रनको झिनो लक्ष्य अष्ट्रेलियाले खेल सकिन २० ओभर बाँकी छँदा मात्र चार विकेटको क्षतिमा १५३ रन बनाएर पुरा गर्यो । अष्ट्रेलियाको पारीमा म्याथ्यु वाडेले सर्वाधिक ५१ रनको योगदान दिनुभयो ।

Advertisement