October 22, 2021, Friday
५ कार्तिक २०७८, शुक्रबार

ओलीनिकट सासंदले पनि गरे फ्लोर क्रस?

नेकपा एमालेको संस्थापन पक्ष रहेका केही सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

Advertisement

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठले पनि देउवालाई विश्वासको मत दिएका छन् । उनीहरु विश्वासको मतको पक्षमा मतदान गर्न एमाले वरिष्ठ नेता माधवकुमार नेपालसंगै लबीमा प्रवेश गरेका छन् ।

यसअघि केपी ओली नेतृत्वको सरकारमा वनमन्त्री रहेका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् । त्यस्तै तनहुँबाट निर्वाचित सांसद किसान श्रेष्ठ, धनबहादुर बुढा, गोपाल बमले पनि देउवालाई विश्वासको मत दिएका छन् ।

योसँगै देउवा नेतृत्वको सरकार कम्तीमा एक बर्षको निम्ती कुनै पनि हालतमा ढल्ने छैन । किनभने सरकार गठन भएको एक बर्षसम्म अविश्वास प्रस्ताव ल्याउन पाइँदैन ।