September 19, 2021, Sunday
३ आश्विन २०७८, आईतवार

भारतका पूर्व केन्द्रीय मन्त्रीकी श्रीमतीको घरभित्रै हत्या

भारतका दिवंगत पूर्व केन्द्रीय मन्त्री पी रंगराजन कुमारमंगलमकी श्रीमती किट्टी कुमारमंगलमको मंगलबार राती दिल्लीको वसन्त विहारस्थित उनको निवासमै हत्या गरिएको छ । यो घटनामा एक संदिग्धलाई हिरासतमा लिइएको छ । प्रहरी अन्य आरोपीको खोजी गरिरहेको छ ।

Advertisement

दिल्ली प्रहरीका अनुसार ६७ वर्षकी किट्टी कुमारमंगलमको घरभित्र लुट्ने नियतले छिरेका बदमाशले हत्या गरेका हुन् । उनी वसन्त विहार स्थित आफ्नो घरको दोस्रो तलामा बस्थिन् । किट्टीका श्रीमान् पी रंगराजन कुमारमंगलम अटल सरकारमा मन्त्री थिए । उनको मृत्यु क्यान्सरका कारण भएको थियो ।

प्रहरीका अनुसार उनको घरको हेरविचार गर्ने महिलाका अनुसार लुगा धुने व्यक्ति मंगलबार राती करिब साढे ८ बजे उनको घरमा आएका थिए । उनीसँग दुई अन्य मानिस पनि थिए । उनीहरुले सहयोगी महिलालाई बाँधिदिए र किट्टी कुमारमंगलमको हत्या गरियो । लुगा दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेका छन् ।

सहयोगीले प्रहरीलाई खबर गरिन्ः

प्रहरीका अनुसार उनीहरुलाई राती ११ बजे यसबारे जानकारी प्राप्त भएको हो । सहयोगीले आफूलाई कसै गरी मुक्त गरेपछि हल्लाखल्ला गरिन् । घरेलु सहयोगीको बयानपछि प्रहरीले राती नै लुगा धुने व्यक्तिलाई पक्राउ गरे । उनको नाम राजू बताइएको छ । २४ वर्षका राजू वसन्त विहारकै भंवर सिंह क्याम्पमा नै बस्दथे । घटनामा संलग्न अन्य दुई आरोपीको पनि पहिचान भइसकेको छ ।

पी रंगराजन कुमारमंगलम कांग्रेसका ठूला नेता थिए जो पछि भाजपा प्रवेश गरेका थिए । उनी तमिलनाडुको सलेम लोकसभा सिटबाट सन् १९८४ देखि १९९६ सम्म र तिरुचिरापल्ली लोकसभा सिटबाट सन् १९९८ देखि २००० सम्म सांसद रहे । उनले जुलाई सन् १९९१ देखि डिसेम्बर १९९३ सम्म पीवी नरसिम्हा वाजपेयी सरकारमा केन्द्रीय ऊर्जामन्त्रीको रुपमा काम गरे ।