November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

भाबपुर्ण श्रद्धाञ्जली

चलचित्र निर्देशक बिश्वदीप घिमिरेका पिता सिन्धुली जिल्लाका बामपंथी तथा प्रजातान्त्रिक आन्दोलनका अग्रज योद्धा कमल प्रसाद घिमिरे ७८ बर्षको उमेरमा आफ्नै निजि निवास कमलामाइ नगरपालिका -५ मधुटार सिन्धुलिमा ११ गते शुक्रवार बेलुकी ७ बजे स्वर्गारोहण भएको थियो । घिमिरे सिन्धुली जिल्लाको कम्युनिस्ट बामपंथी आन्दोलनका अग्रज योद्धा थिय ।

Advertisement

२६ साल बाट कम्युनिस्ट आन्दोलनमा सकृय घिमिरे नेपाल कम्युनिस्ट पार्टीको जिल्ला अध्यक्ष समेत हुनुहुन्थ्यो,लामो समय देखि दम रोगबाट पिडित घिमिरे ११ गते शुक्रबार बेलुकी ७ बजे घरमै स्वर्गारहण भएको थियो। दुई छोरा र दुई छोरी , मिना बराल,सरिता गजुरेल,बिश्वदीप घिमिरे,मोहन घिमिरे छन ।

बामपंथी अग्रज नेता स्व श्री कमल प्रसाद घिमिरेको आज परेको १३ दिनको पुण्य तिथिमा उहाँ प्रती हार्दिक श्रद्धाञ्जली बैकुण्ठ बास होस भन्ने कामना ।

शोक सन्तब्द परिवारमा यो दुखद घडिमा धैर्य धारण गर्ने शक्ति मिलोस ।