November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

सर्लाहीको भुमि सुधार, मालपोत तथा नापी कार्यालय डेढ महिना पछि संचालनमा

सर्लाहीको भुमि सुधार कार्यालय, मालपोत कार्यालय तथा नापी कार्यालय डेढ महिनापछि संचालनमा आएका छन् । वैशाखको दोस्रो सातादेखि पूर्ण रुपमा बन्द रहेको कार्यालय आइतबार देखि सञ्चालनमा आएको हो ।

Advertisement

कोभिड–१९ संक्रमणको दोस्रो लहर फैलिन साथ ती कार्यालयहरु पूर्णरुपमा बन्द गरिएको थियो । आइतवार देखि संचालनमा आएको मालपोत, नापी तथा भूमि सुधार कार्यालय बिहान १० बजे देखि २ बजे सम्म संचालन हुनेछ । दैनिक १२ जनालाई टोकन वितरण गरि सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । टोकन लिन सरोकारवाला आफै उपस्थित हुनु पर्ने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा जारी सूचनाको आधारमा कार्यालयहरु संचालन हुने भएका छन् । जिल्लामा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेकोले कार्यालय संगै व्यपार व्यवसाय समेत संचालान हुने भएको छ ।

बिहान १० बजे देखि साँझ ५ बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्डको पालना तथा भीडभाड नहुने गरी व्यापार व्यवसाय समेत चलायमान बनाउन सोही सुचनामा उल्लेख गरिएको छ । लामो निषेधाज्ञाले गर्दा व्यापार व्यवसायीमा प्रत्यक्ष असर परेको कुरालाई दृष्टिगत गरी व्यापार व्यवसाय संचालान गर्ने जनाएको छ ।

त्यस्तै जग्गा रजिष्ट्रेशन, बैंक तथा वित्तिय संस्थासँग सम्बन्धित जग्गा रोक्का, फुकुवा, दृष्टिबन्धक लगायतका कार्य तथा मालपोत कार्यालय र नापी कार्यालयहरुबाट आइतबार देखि सेवा सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।