November 27, 2021, Saturday
११ मंसिर २०७८, शनिबार

माइक्रो बस र टेम्पो चलाउन दिएर निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै खुकुलो बनाउँदै थप एक साता लम्बाउने तयारी गरिएको छ । यसपटक माइक्रो बस र टेम्पो सन्चालनबारे पनि निर्णय गर्ने तयारी छ । निषेधाज्ञाबारे निर्णय गर्न उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्ने तयारी छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सकेसम्म आजै अपराह्न, नभए भोलि बिहान बैठक बस्ने तयारी भइरहेको बताए । उनका अनुसार यसपटक माइक्रो बस र टेम्पोबारे निर्णय हुने छ ।अघिल्लो साताको बैठकले २५ भन्दा बढी सिटका सार्वजनिक सवारी साधनहरु जोर-बिजोरको आधारमा सन्चालन गर्न दिने निर्णय गरेको थियो ।

Advertisement