राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ,सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ – प्रचण्ड

राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ,सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन उल्टाइदिएपछि आफूहरुले ठूलो लडाईं जितेको ठानेर रिल्याक्स गर्नु गल्ती भएको बताएका छन् साथै उनले केही दिनमा सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताए ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ।’

‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु । त्यसलाई मैले समर्थन गरिरहन सक्दिन, चाहे राजनीति जतासुकै जाओस्’ उनले अघि भने, ‘मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र त्यो प्रक्रिया अगाडि बढाउँछु ।’

यद्यपि आफ्नो प्रयास अहिले पनि संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्ने रहेको उनले बताए । प्रचण्डले अघि भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।’


साथै उनले भने ‘सारा सेटिङ छ भनिन्थ्यो, ओलीकै मान्छेले भनेका हुन्। संसद पुनर्स्थापना भयो, सेटिङ भत्कियो, एउटा ब्याटल जितेको अनुभूति पनि भयो, अब सहज ढंगले राजनीति अघि बढ्छ भनेको त के को हुनु ओलीले छोड्दै छोडेनन्, बरू अर्को डिजाइन भयो र पार्टीलाई पुरानै स्थितिमा फर्काइने फैसला अदालतबाट आयो,’ दाहालले भने, ‘यो करेक्सन हुनुपर्छ, हामी पुनरावलोकनमा जान्छौं।’गल्ती भएकै हो उनले भने संसद पुनस्र्थापना भएपछि के गर्ने भन्ने योजना बनाउन चुकेको बताए ।दाहालले आफूलाई अहिले अविश्वास प्रस्ताव लैजान तत्कालै दबाव रहेको बताए।

‘हत्तपत्त लग्यो भने उल्टिन्छ भन्ने एक किसिमको जबरजस्त दबाव छ,’ दाहालले भने, ‘तर, दुई चार दिन पर्खिन्छु, बरू राजनीति जतासुकै जाओस्, मेरो राजनीतिक नैतिकता छ, म अगाडि बढाउँछु, न्यूनतम् समर्थन खोजेर अविश्वास बढ्छ।’

संसद पुनर्स्थपना भएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्ने परिस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘शायद हामी राजनीतिक नेतृत्वले थोरै रिल्याक्स ग¥यौं । ठूलो लडाइँ जितिहाल्यौं र अब के बाँकी छ र ? सजिलै पार होला भनेर थोरै रिल्याक्स ग¥यौं र दोस्रो योजनामा गम्भीर नभएकै हो ।’ लोकतन्त्र र परिवर्तनविरुद्ध षड्यन्त्र भइरहेको छ भन्ने बुझेर एकपछि अर्को तयारी नगर्नु गल्ती भएको उनले बताए ।

नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँताउने अस्वाभाविक फैसला आएको भन्दै उनले यसमा आफूहरुको असहमति रहेको बताए । त्यसविरुद्ध आफूहरु पुनरावलोकनमा जान लागेको भन्दै उनले भने, ‘यसलाई करेक्सन गरिनुपर्छ ।’

Facebook Comments Box
Share This
  • 617
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    617
    Shares