सपनामा के के कुर देख्नुभयो भने धन प्राप्ती हुन्छ जान्नुहोस !

सपनामा के के कुर देख्नुभयो भने धन प्राप्ती हुन्छ जान्नुहोस !

सपनामा यी कुराहरु देख्नुभयो भने धन प्राप्ती हुन्छ – के कुरा हो जान्नुहोस:हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ । आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।

सत्य युगमा जब भगवान बिष्णुले मत्स्यावतार लिनुभएको थियो त्यो समय मनु महाराजले मान्छेले देख्ने शुभाशुभ स्वप्नको फलको बारेमा सोध्नु भएको थियो । मनु महाराजले आफ्नो मनको जिज्ञासा शांत गर्न मत्स्य भगवान सँग सोध्नु हुन्छ कि हे भगवान मान्छेहरु अनेक प्रकारका सपना देख्छन यसको शुभ अशुभ फल के हुन्छ ? बताउने कृपा गर्नुहोस । यही मत्‍स्‍यपुराण अनुसार तपाईं पनि जान्नुहोस यी सपनाको अर्थ

चन्द्रमाबाट झरेको पानीले नुहाउनु यदी सपनामा चन्द्रमाबाट झर्दैगरेको पानीले नुहाएको देखेमा कुनै शुभ समाचार प्राप्त हुने मानिन्छ । यस्तो सपना देखिए रोकिएको धन प्राप्त हुन सक्छ । काटिएको टाउको देख्नु यदी सपनामा काटिएको टाउको देखियो भने ब्यापारमा फाईदै फाईदा हुन्छ ।

सपनामा आफ्नै मृत्‍यु भएको देख्नु यदी सपनामा आफ्नै मृत्‍यु भएको देख्नाले आयु बढ्ने मानिन्छ । सपनामा आफ्नै घरमा आगो लागेको देखेमा यदी सपनामा आफ्नै घरमा आगो लागेको देखेमा बुझ्नु पर्छ कि उसको प्रगती हुन्छ ।

यदी घरमा हात्ती आएको देखेमा यदी हात्ती आएको वा हात्ती मात्र देखे पनि बुझ्नु पर्छ कि माता लक्ष्मीको आगमन हुँदै छ । सपनामा आँफै रोएको देखेमा यदी सपनामा आँफै रोएको देखेमा बुझ्नु पर्छको सबै दु:ख अब पखालिएर जादै छ्न सुख आउँदै छ ।

यदी गाईले बच्चा पाउदै गरेको देखेमा खुशीको खबर सुन्न पाईन्छ । यदी कुनै सुन्दरी घरमा आएको र उसँग अंकमाल गरेको देखे पनि राम्रो हुने मानिन्छ । यदी सपनामा देबता देखिए बुझ्नु पर्छकी कुनै मेहनत बिनानै धन र सुख प्राप्त हुन्छ ।

Facebook Comments Box
Share This
  • 166
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    166
    Shares