राष्ट्रपति बंगलादेश जान नेपाल एयरलाइन्सको विमान चार्टर्ड
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल एयरलाइन्सको न्यारोबडी जहाज चाटर्ड गरेर बंगलादेशको ढाका जाने भएकी छिन् ।
नेपाल एयरलाइन्स स्रोतका अनुसार सोमबारबाट शुरु हुने भ्रमणका लागि राष्ट्रपतिका लागि नेपाल एयरलाइन्सको ए–३२० जहाजले भीभीआईपी उडान गर्न लागेको हो ।
सोमबार ढाका जाने जहाज मंगलबार काठमाडौं फर्किने छ । बंगलादेशमा नेपाल एयरलाइन्सको नियमित उडान छैन ।
यस अवधिमा नेपाल एयरलाइन्सको सेड्यूल फ्लाइटलाई प्रभाव नपर्ने गरी राष्ट्रपतिको टोलीका लागि उडान गर्न लागिएको निगमको भनाइ छ ।
Facebook Comments Box