४० वर्षपछि दुर्गा जेलमुक्त: कलकत्ताबाट बसमा काकडभिट्टा

४० वर्षपछि दुर्गा जेलमुक्त: कलकत्ताबाट बसमा काकडभिट्टा

विनाकारण ४० वर्ष भारतीय जेलमा कैदी जीवन बिताएका इलामका दुर्गाप्रसाद तिमिल्सिना भर्खरै कलकत्ताबाट काकडभिट्टाको लागि प्रस्थान गरेका छन् ।

आज बिहान तिमिल्सिनालाई राखिएको दमदम करेक्सन सेण्टरमा कलकत्तास्थित महावाणिज्य दूतावासका प्रतिनिधि सतिश थापा र दुर्गाका भाइ तथा काकाका छोरा प्रकाश शर्मा तिमिल्सिनाले उच्च अदालतको आदेशबमोजिम तयार पारिएको कागजातमा दस्तखत गरेपछि जेलका सुपरिटेण्डेण्टले उनलाई जेलमुक्त गराएका हुन् ।

कागजातको काम सकिएपछि सुपरिटेण्डेण्टले महावाणिज्य दूतावासका प्रतिनिधिको रोहबरमा भाइको जिम्मा लगाएको बताइएको छ ।

तिमिल्सिना दाजुभाइलाई वाणिज्य दूतावासका प्रतिनिधिले बसबाट सिलिगुडीतर्फ हिँडाइसकेका छन् । भोलि काकडभिट्टा हुँदै झापा पुगेर परिवारका अन्य सदस्यसँग औपचारिक भेट गराइने महावाणिज्यदूत इश्वरराज पौडेलको कथन छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •