बालविकासका बालबालिका धुलो उड्ने भुईमा बस्न बाध्य

बालविकासका बालबालिका धुलो उड्ने भुईमा बस्न बाध्य

दुर्गमको एक विद्यालयमा अध्ययनरत बाल बिकासका बालबालिका धुलो उड्ने भईमा बस्न बाध्य हुदै आएका छन् । विद्यालयले श्रोत अभाव भन्दै फर्निचरको ब्यवस्था नगरेपछि उनीहरु भुईमा बस्न बाध्य भएका हुन ।
सर्केगार्ड गाउँपालिका वडा नम्बर ६ को बराई गाउँमा रहेको स्वम्भु आधारभुत विद्यालयमा अध्ययनरत बाल बिकासका विधार्थीहरु भुईमा बस्न बाध्य हुँदै आएको अविभावक रिउली रोकायाले बताउनुभयो । कोरोनाको कारण विद्यालय भरखरै सञ्चालनमा आएकोले कक्षा कोठामा साना बालबालिकालाई बस्ने ब्यबस्था नभए पनि पढाईका लागि पठाउन बाध्य भएको उहाँले गुनासो सुनाउनुभयो । गाउँपालिका वडासँग बाल बिकासका विधार्थी अध्ययन गर्ने विधार्थीहरुको कक्षा कोठामा कार्पेट र ओछ्याउने कपडाको ब्यबस्था गर्न अनुरोध गरेपनि केही ब्यबस्था हुन सकेको छैन ।

विद्यालयसंग श्रोत नभएपछि बाल बिकासको कक्षामा ओछ्याउने ब्यबस्था गर्न नसकिएको विद्यालयका शिक्षक दन्त साउदले जानकारी दिनुभयो । कक्षामा विधार्थी आउने र धुँलो उठ्ने भईमा बसेर आफ्ना कृयाक्लाप गर्ने गरेको उहाँले बताउनुभयो । बस्ने अन्य कुनै ब्यवस्था नहुँदा विधार्थीहरु चिसो र धुँलोले बिरामी पर्लान भन्ने चिन्ता थपिएको समेत विद्यालयले जनाएको छ ।

उक्त विद्यालयको बाल बिकास कक्षामा सत्तरी जना बालबालिका अध्ययन गर्दै आएका छन् । जिल्लामा धेरै संघसंस्था, वडा र गाउँपालिकाबाट बाल बिकासका लागि धेरै ब्यबस्था हुने गरेको भएपनि स्वयम्भु आधारभुत विद्यालयमा भने केही हुन नसकेको गुनासो अविभावको रहेको छ । सबैतिर कुरा बालमैत्री हुने तर साना विधार्थीले आफु धुँलो र चिसो भुईमा बस्नु परि रहेकोले त्यो भनाई ब्यर्थ रहेको शिक्षक साउदले बताउनुभयो । विद्यालय सञ्चालन भएयता धेरै निकायमा सहयोगका लागि याचना गरे पनि कतै सुनुवाई नभएको कारण सबैको ध्यानकर्षण गर्न चाहेको शिक्षक साउदले जानकारी दिनुभयो ।

Facebook Comments Box
Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share