आजको मौसम

आजको मौसम

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव रहेको हुँदा देशभर मौसम बद्ली भए पनि तत्काल पानी पर्ने सम्भावना नरहेको बताइएको छ ।

साता अघिदेखि नै देशका धेरै ठाउँ बादल र कुहिरोले ढाके पनि पानी भने पर्न नसकेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशसहितका देशभरका धेरै ठाउँहरुमा कुहिरोले ढाकेको छ ।

तराईका जिल्लाहरुमा भने बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईका धेरैजसो ठाउँहरुमा बिहानीपख बाक्लो हुस्सु् र कुहिरो लाग्ने हुँदा चिसोबाट बच्न सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । काठमाडौँमा हिजोभन्दा आज केही न्यानो महशुस गरिएको छ । आज बिहानको काठमाडौंको तापक्रम ४ दशमलव १ डिग्री रहेको छ ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share