नारायणकाजी श्रेष्ठलाई ल्याएपछी पूर्व माओवादीको दशा शुरु भयो: लेखराज भट्ट

नारायणकाजी श्रेष्ठलाई ल्याएपछी पूर्व माओवादीको दशा शुरु भयो: लेखराज भट्ट

कैलाली । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले पुष्प कमल दाहाल प्रचण्डले जब पार्टीमा नारायणकाजी श्रेष्ठलाई ल्याए त्यसपछी पूर्व माओवादीको दशा सुरु भएको धारणा व्यक्त गरे ।

धनगढीमा मंगलबार आयोजित तेस्रो बैठकमा मन्त्री भट्टले पूर्व माओवादी छिन्नभिन्न हुनुको कारण नारायणकाजी श्रेष्ठ बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य समेत रहनुभएका मन्त्री भट्टले श्रेष्ठलाई एकतामा ल्याउनु ठुलो भूल भएको बताए । मन्त्री भट्टले वैद्य, बादल र विप्लवले पार्टी छोड्नुको कारण पनि श्रेष्ठ नै रहेको तथ्य उजागर गरे ।

“शान्ति प्रक्रियामा आइसकेपछि जनमोर्चा एकता केन्द्र भन्ने जोडिएको थियो । त्यहीँबाट पूर्व माओवादीको अवसान हुन सुरु भएको हो, यदि उहाँलाई त्यो एकतामा नल्याएको भए माओवादी पार्टी हिजोको भन्दा ठूलो बलियो हुने थियो । नारायणकाजी त्यो पार्टीमा धमिरोको रूपमा पसे र आज पनि यहाँ त्यही गरे ।”, भट्टले भने ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली धनगढीमा आउँदा मुख्यमन्त्रीले परम्परा नमानेको भन्दै आक्रोश व्यक्त गर्दै मन्त्री भट्टले मुख्यमन्त्री त्रिलोचन भट्ट चाकरीमा लागेको बताए । मन्त्री भट्टले सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुने भन्दै कार्यकर्तालाई चुनावमा केन्द्रित हुन समेत निर्देशन दिए ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •