आजको मौसम

आजको मौसम

काठमाडौँ । देशको पहाडी भागमा भूभागमा हाल आंशिक बदली रहेको छ । त्यस्तै आज दिउँसो प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशमा आंशिक बदली हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ र तराईका भूभागमा बाक्लो हुस्सु कुहिरोको संभावना रहेको छ । देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ भने आज राति भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको र अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ ।

आज काठमाडौँको न्यूनतम तापक्रम बिहान पाँच दशमलव पाँच डिग्री सेल्सियस मापन भएको छ । हिजो न्यूनतम तापक्रम तीन दशमलव नौ डिग्री सेल्सियस रहेको थियो । मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाको आग्रह छ ।

Facebook Comments Box
Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •